सर्वोच्चको इजलासमा रवीन्द्रको प्रश्न– अब उहाँहरूले मेरो छाती चिरेर मुटु हेर्नुहुन्छ ?

सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनमाथिको बहस सकिएपछि न्यायाधीशसँग समय लिएर बोलेका मिश्रले आफूमाथि राजनीतिक हुकुम प्रमांगीबाट अन्याय भइरहेको अनुभूति भएको बताएका हुन् ।

२ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशमा राजनीतिक हुकुम प्रमांगीबाट आफूमाथि अत्याचारपूर्ण व्यवहार भइरहेको बताएका छन् ।

सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनमाथिको बहस सकिएपछि न्यायाधीशसँग समय लिएर बोलेका मिश्रले आफूमाथि राजनीतिक हुकुम प्रमांगीबाट अन्याय भइरहेको अनुभूति भएको बताएका हुन् ।

‘बयान सकिएपछि आठौं चरणको म्याद थपसम्म आउँदा मलाई के अनुभूति भयो भने यो देशमा अघि सम्मानीय अधिवक्ताहरूले भन्नुभएजस्तो राजनीतिक हुकम प्रमांगीबाट यो सबै भइरहेको छ भन्ने मलाई अनुभूति भयो ।’

उनले इजलाससमक्ष आफ्नो बयान सकिएको, मोवाइल फोन सिज गरिएको, बैंक खाता रोक्क गरिएको र फेसबुकसँग पत्राचरा गरेर डिटेल मगाइएको जानकारी गराउँदै आक्रोश पोखे, ‘हब उहाँहरूले हिरासतमा राखेर मेरो छाती चिरेर मेरो मुटु हेर्ने ? के हुर्नु हुन्छ उहाँहरुले ?’

देशमा राज्यको अधिकार हुने, म नागरिकको अधिकार नहुने भएपछि मैले अन्तिम घडीमा भए पनि म बन्द प्रत्यक्षीकरणमा जान्छु र उहाँहरूले अब त दशैं दिनमा त हो नि ननिरहे पनि मैले अब म एक घण्टा पनि गैरकानुनी ढंगबाट हिरासतमा बस्न चाहन्नँ भनेर आज सर्वोच्चको ढोका ढकढक्याउन आइपुगेको छु ।

‘मेरो बयान सकियो । मेरो बोलाइल फोन सिज गरिएको छ । मेरो बैंक खाता रोक्का गरिएको छ । फेसबुकसँग पत्राचार गरेर मेरो डिटेल मगाउनुभएको छ । अब म जान्छु कहाँ ?,’ उनले प्रश्न गरे, ‘अब उहाँहरूले मलाई हिरासतमा राखेर मेरो छाती चिरेर मेरो मुटु हेर्ने ? के हेर्नु हुन्छ उहाँहरूले ? म भागेर कहाँ जान्छु ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *