काठमाडौंमा तीव्र गतिको हावाहुरी, जनजीवन प्रभावित
तीव्र गतिको हावाहुरीका कारण काठमाडौं उपत्यकाको जनजीवन अहिले प्रभावित बनेको छ ।
२ जेठ, काठमाडौं । काठमाडौं लगायत देशभरिका विभिन्न स्थानमा भीषण हावाहुरीले वितण्डा मच्चाएको छ ।
तीव्र गतिको हावाहुरीका कारण काठमाडौं उपत्यकाको जनजीवन अहिले प्रभावित बनेको छ । तीव्र गतिको हावाहुरीका कारण सडकमा पैदल यात्रा गरिरहेका पैदलयात्रीहरू समस्यामा परेका छन् भने साना गाडीहरू समेत गुड्न समस्या देखिएको छ ।
आजैको भीषण हावाहुरीले रुख ढाल्दा च्यापिएर पश्चिम नवलपरासीको सुनवलमा दुई जना र कैलालीमा एक जनाको मृत्यु भएको छ ।