बस्नेत र राईलाई देउवाको जवाफ- हामी पनि जेल बसेरै आएका हौं

शनिबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले निलम्वित सांसदद्वय राई र बस्नेत पक्राउ पर्नुभएको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेका हुन् ।

३ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निलम्वित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेतको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेका छन् ।

शनिबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले निलम्वित सांसदद्वय राई र बस्नेत पक्राउ पर्नुभएको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेका हुन् ।

बैठकमा सभापति देउवाले राख्नुभएको धारणा उद्धृत गर्दै पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले घिमिरे र बस्नेत पक्राउ परेकोबारेमा सांसदहरूले आवाज उठाएको र सभापति देउवाले जवाफ दिएको बताए ।

‘उहाँहरू (बस्नेत र राई) को कुरा पनि उठ्यो, उहाँहरूको विषयमा पनि सांसदहरुले कुरा उठाउनु भयो । त्यो विषयमा सभापतिज्युले जवाफ दिनुभयो,’ देउवाको भनाइ उद्धृत गर्दै उनले भने, ‘राजनीतिमा यस्तै हुन्छ, हामी पनि जेल बसेर आएका हौँ, थुनामा बसेर आएका हौँ भन्नेकुरा राख्नुभयो । यो विषयलाई ठूलो अर्थमा लिनु हुँदैन, राजनीतिमा हामी पनि बसेका हौँ भन्नुभयो ।’

उनका लअनुसार सभापति देउवाले राजनीतिमा यस्तै हुने र आफूहरु पनि जेल बसेर आएको पार्टीका सांसदहरूलाई स्मरण गराए ।

बैठकमा सांसद राईले आफूलाई पार्टीले संरक्षण नगरेको गुनासो गर्दै भावुक सम्बोधन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *