त्यस्तै, विद्युत् प्राधिकरणको काभ्रे वितरण केन्द्रले विद्युत् दुर्घटना क्षतिपूर्ति विनियमावली अनुसार अधिकतम १० र न्युनतम ५ लाख रुपैयाँसम्म उपलब्ध गराउन कार्यकारी प्रमुख अमृत बाबु अधिकारीले पहल गर्ने सहमति पनि भएको छ ।
श्रीमतीलाई रोजगारी
त्यस्तै, पोलमा करेन्ट लागेर मृत्यु भएका उपेशकी श्रीमतीलाई रोजगारीको व्यवस्था गरिने पनि सहमति भएको छ ।
मृतककी श्रीमती रश्मिलालाई घर पायक पर्ने स्थानमा योग्यता अनुसार रोजगारी उपलब्ध गराउने सहमति भएको हो । उनलाई विद्युत् प्राधिकरणकै केन्द्रमा रोजगारी उपलब्ध गराउने सहमति छ ।
काभ्रे वितरण केन्द्रका कार्यकारी प्रमुख अमृत बाबु अधिकारीले रोजगारी सुनिश्चितता गर्न आवश्यक पहल गर्ने सहमति पत्रमा उल्लेख छ ।