मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयले गरे बसमा तोडफोड

मृत्यु हुनेमा रंगेली नगरपालिका–७ की १३ वर्षीया मिरा मण्डल रहेकी छन् ।

५ जेठ, विराटनगर । मोरङको रंगेलीमा बसको ठक्करबाट एक जना  बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रंगेली नगरपालिका–७ की १३ वर्षीया मिरा मण्डल रहेकी छन् ।

सोमबार दिउँसो रंगेली–कानेपोखरी भित्री सडक खण्डअन्तर्गत रंगेली नगरपालिका–७ निचामारी चोकमा को १ ख २१०३ नम्बरको बसले बालिकालाई ठक्कर दिएको थियो ।

बस कानेपोखरीबाट रंगेलीतर्फ जाँदै गरेको थियो ।  उक्त बसको ठक्करबाट बालिका मण्डलको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा तोडफोड गरेका छन् ।

स्थानीयको तोडफोडबाट बसको अगाडिको सिसा फुटेको छ । बस र चालक मोरङको कटहरी गाउँपालिका–७ का चन्द्रबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *