चेक अनादर मुद्दामा खुश्बु ओलीले पाइन् सफाइ

यो फैसलासँग ओलीले चेक अनादरको आरोपबाट सफाइ पाएकी छन् ।

५ जेठ, काठमाडौं । सर्वोच्च अदालतले राप्रपा नेता खुश्बु ओलीलाई चेक अनादरको मुद्दामा दोषी ठहर गर्ने उच्च अदालत पाटनको फैसला खारेज गरेको छ ।

यो फैसलासँग ओलीले चेक अनादरको आरोपबाट सफाइ पाएकी छन् ।

न्यायाधीशहरू डा. कुमार चुडाल र अब्दुल अजीज मुसलमानको इजलासले उच्च अदालत पाटनको फैसला खारेज गरेको हो ।

राप्रपा नेता ओली चेक अनादरको आरोपमा ३ महिना कैद सजाय भएको थियो भने उनी विरुद्ध ३ हजार जरिवानाको फैसला भएको थियो ।

मुद्दा दायर गर्ने व्यक्तिले नै आफूले रकम पाएको भनी स्वीकार गरेपछि ओलीलाई दोषी ठहर गर्ने निर्णय खारेज भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *