प्रधानमन्त्री अस्वस्थ, सांसद्सँग प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो
सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ।
६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा मंगलबारका लागि पूर्वनिर्धारित सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको छ ।
सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। प्रधानमन्त्री ओली आज संसद बैठकमा उपस्थित भएका छैनन्।
प्रधानमन्त्रीको सचिवालयले सामान्य रुघाखोकी लागेकाले ओली आराम गरिरहेको जनाएको छ। सोमबार दिउँसो विदेशी पाहुनासँग भेटघाट गरेपनि साँझबाट असहज महशुस गरेका हुन्। प्रधानमन्त्री अस्वस्थ भएपछि सोमबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद बैठक समेत स्थगित भएको थियो।