राजुनाथ पाण्डेलाई ‘अनुशासनहिन कर्मचारी’ भन्दै सोधियो स्पष्टीकरण
अनुशासनहीन भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधको महानगर स्रोतले पुष्टि गरेको छ ।
६ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले स्पष्टीकरण सोधेका छन् ।
अनुशासनहीन भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधको महानगर स्रोतले पुष्टि गरेको छ ।
कार्यालय प्रवेश गर्दा भएको द्वन्द्वलाई इंगित गर्दै स्पष्टिकरणमा भनिएको छ ‘वातावरण शान्त पार्ने उद्देश्यले दिएको आदेश पालना नगरी वातावरणलाई नियोजित ढङ्गले उत्तेजित बनाई द्वन्द्व निम्त्याउने काम गरेको।’
यस्तै प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा बाटो छेकी अवरोध गरेको जस्ता कुरा समेत स्पष्टीकरण उल्लेख छ ।
महानगरका स्रोतका अनुसार सात दिन भित्र स्पष्टिकरण पेश नगरे वा स्पष्टिकरण चित्तबुझ्दो नभए कानुन बमोजिम कारबाही हुने समेत उल्लेख छ ।