राजस्थानसँग पराजित हुँदै चेन्नाई अंकतालिकाको पुछारमा
राजस्थानसँगको हारसँगै यो सिजन चेन्नाईले अङ्क तालिकामा अन्तिम स्थानमा रहँदै सिजन सक्ने लगभग पक्का भएको हो।
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा राजस्थान रोयल्ससँग चेन्नाई सुपर किङ्स पराजित भएको छ। राजस्थानले चेन्नाईलाई ६ विकेटले हराएको हो। राजस्थानसँगको हारसँगै यो सिजन चेन्नाईले अङ्क तालिकामा अन्तिम स्थानमा रहँदै सिजन सक्ने लगभग पक्का भएको हो।
चेन्नाईका लागि रविचन्द्र आश्विनले सर्वाधिक दुई विकेटले अनशुल कम्बोज र नुर अहमदले १-१ विकेट लिए। त्यसअघि, ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८७ रन बनाएको थियो। चेन्नाईका लागि ओपनर ब्याटर आयुष मात्रेले सर्वाधिक ४३ रन बनाए उनले २० बलमा ८ चौका र एक छक्का प्रहार गरे। अर्का ओपनर डेबोन कन्वेले १० रन बनाए । रविचन्द्र आश्विनले १३ दिवाल्ड ब्रेविसले ४२, शिवम दुबैले ३९ र कप्तान महेन्द्र सिंह धोनीले १६ रन बनाए।
राजस्थानका लागि बलिङतर्फ युद्धवीर सिंह र आकाश माड्वालले समान ३-३ विकेट लिए। तुषार देशपाण्डे र वाननिन्दु हसरंगाले १-१ विकेट लिए। यी दुवै टिमले आफ्नो प्रतिष्ठाका लागि मात्रै खेलिरहेका थिए । प्लेअफ समीकरणबाट भने यी दुवै टोली यसअघि नै बाहिरिसकेका छन्।