मधेशका दुई मन्त्रीलाई फिर्ता बोलाउने जनमतको तयारी

पार्टीले वन तथा वातावरण मन्त्री त्रिभुवन शाह र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियालाई फिर्ता गर्ने तयारी गरेको हो ।

८ जेठ, जनकपुरधाम । जनमत पार्टीले मधेश सरकारमा सहभागी दुईजना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

पार्टीले वन तथा वातावरण मन्त्री त्रिभुवन शाह र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियालाई फिर्ता गर्ने तयारी गरेको हो ।

उनी दुवै जनालाई फिर्ता बोलाएर जनमतले समानुपातिक प्रदेश सांसद बसन्त कुशवाहा र प्रत्यक्ष निर्वाचित सांसद सञ्जयकुमार यादवलाई मन्त्री बनाउने तयारी गरेको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

कुशवाहा जनमतका उपाध्यक्ष हुन् ।

२५ जेठ ०८१ मा जनमतका सतिशकुमार सिंह नेतृत्वमा सरकार बनेपछि शाह र मियालाई मन्त्रालयको जिम्मेवारी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *