गंगानारायण श्रेष्ठसँगै माओवादी केन्द्रमा को–को जाँदैछन् ?

पार्टी एकता घोषणा कार्यक्रम ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११ः३० बजे सुरु हुने छ ।

१२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच आज पार्टी एकता हुँदैछ । पार्टी एकता घोषणा कार्यक्रम ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११ः३० बजे सुरु हुने छ ।

गत निर्वाचनमा महिन्द्र राय यादव नेतृत्वको नेसपाका उम्मेदवार माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचन लडेका थिए । त्यतिबेलै दुई दलबीच पार्टी एकताको सहमति भएको थियो । तर अध्यक्ष यादव एकताका लागि पछि हटेको भन्दै सहअध्यक्ष श्रेष्ठ अघि बढेका हुन् ।

आइतबार ललितपुरस्थित एकान्तकुनामा बसेको नेसपा केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी केन्द्रीय समिति पुनर्गठन गरी सहध्यक्ष गंगानारायण श्रेष्ठलाई संयोजक तोक्ने निर्णय गरेको थियो ।

२९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको श्रेष्ठको दाबी छ ।

यी हुन् श्रेष्ठको पक्षमा रहेका १७ कार्यकारिणी सदस्यहरु 

१. गंगानारायण श्रेष्ठ, सिन्धुली

२. अक्कल बहादुर थिङ, काभ्रे

३. बन्दना सुवेदी, सिन्धुली

४. सुरद बहादुर स्याङ्तान, सिन्धुली

५. राजेन्द्र कुमार किराती, संखुवासभा

६. खुम्बराज खत्री, उदयपुर

७) दुर्गादेवी भट्टराई,गोरखा

८. ज्ञानेन्द्र कुमाल, गोरखा

९. रमेश पोखरेल, गोरखा

१०. शिव सुन्दर शाही, अछाम

११. रामकैलाश यादव, सर्लाही

१२. होम कुमारी तामाङ (दोङ), काभ्रे

१३. सोविन थिङ, मकवानपुर

१४. नहेन्द्र प्रधान, काठमाडौं

१५. नरेन्द्रनाथ योगी, जुम्ला

१६. वेदप्रसाद आचार्य, बाँके

१७. महेन्द्र बहादुर शाही, बाजुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *