तीनकुने घटना प्रकरण : काठमाडौं अदालतमा दुर्गा प्रसाईंसहित ५० जना प्रतिवादीको बयान आजदेखि

जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन जेठ ९ गते जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

काठमाडौं : चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक आन्दोलनमा संलग्न दुर्गा प्रसाईंसहित ५० जना प्रतिवादीहरूको आजदेखि जिल्ला अदालत काठमाडौंमा बयान हुने भएको छ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा प्रसाईसहित ५० जना प्रतिवादीको बयान हुनेछ। बयान सकिएपछि मात्रै थुनछेकको आदेश आउनेछ। उनीहरूविरुद्ध राजद्रोह,अपराधिक उपद्रव,कर्तव्य ज्यान,ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा दायर भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन जेठ ९ गते जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो।

प्रसाईं राजावादीले गरेको हिंसात्मक प्रदर्शनका मुख्य कमाण्डर थिए। १५ चैत्रको प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार भएका थिए। पछि प्रहरीले प्रसाईं र उनका अंगरक्षक दिपक खड्कालाई झापाको भद्रपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।

राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए। उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन,सञ्चारगृह र व्यापारिक केन्द्रमा ढुंगामुढा,आगजनी,तोडफोड र लुटपाट गरेका थिए। हिंसात्मक घटनामा परी एकजना पत्रकारसहित दुईजनाको ज्यान गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *