अस्ट्रेलियामा पाकिस्तानको सात बर्ष पछिको पहिलो जित
काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानसँगको दोस्रो ओडिआईमा शुक्रवार ९ विकेटले पराजित भएको छ ।
३ खेलको ओडिआई सिरिजमा पाहुना टोलीले १(१ को बराबरी गरेको छ । गत सोमवार भएको पहिलो ओडिआईमा घरेलु टोलीले २ विकेटको जित हात पारेको थियो ।
अस्ट्रेलिया ले दिएको १ सय ६४ रनको सामान्य लक्ष्य पाकिस्तानले २६।३ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।
पाकिस्तानको जितमा सयम अयुब र अब्दुल्लाह सफिकले अर्धशतक प्रहार गरेका थिए । ओडिआई करियरको पहिलो अर्धशतक बनाएका अयुबले ७१ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ८२ रन बनाए । अब्दुललाहले ६९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा नट आउट ६४ तथा बाबर अजामले २० बलमा नट आउट २० रन जोडे ।
अस्ट्रेलियाका लागि एडम जाम्पाले १ विकेट आफ्नो नाममा गरे ।
त्यसअघि एडिलेट ओभलमा टस हारेर ब्याटिङको गरेको अस्ट्रेलिया ३५ ओभरमा अल आउट हुदै १ सय ६३ रनमा समेटियो ।
अस्ट्रेलियाका लागि स्टेभन स्मिथले ४८ बलमा ३५, माथ्यु शर्टले १५ बलमा १९, जोस इङ्ग्लिसले १८ तथा ग्लेन म्याक्सवेलले १६ रन जोडेका थिए ।
पाकिस्तानका लागि हरिस रउफले ८ ओभरमा २९ रन खर्चिएर ५ विकेट लिए । शाहिन शाह अफ्रिदीको नाममा ३ तथा नसिम शाह र मोहम्मद हसैनको नाममा समान १ विकेट लिए ।
दुई देशबीचको तेस्रो तथा निर्णायक ओडिआई आइतवार हुनेछ ।