जेठ १५ को प्रदर्शनले काठमाडौंमा तय भएको लोकसेवाको परीक्षा स्थगित

जेठ १५ गते नेपाल विद्युत प्राधिकरणका रिक्त पदहरुका लागि लोकसेवा आयोगले परीक्षा सञ्चालन गर्ने तालिका थियो ।

१३ जेठ, काठमाडौं । लोकसेवा आयोगले यही जेठ १५ गते काठमाडौंमा तय भएका परीक्षा स्थगित गरेको छ ।

जेठ १५ गते सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र राजावादीहरुले गर्न लागेको प्रदर्शनलाई लक्षित गरी लोकसेवा आयोगले परीक्षा तालिका संशोधन गरेको हो ।

जेठ १५ गते नेपाल विद्युत प्राधिकरणका रिक्त पदहरुका लागि लोकसेवा आयोगले परीक्षा सञ्चालन गर्ने तालिका थियो ।

परीक्षाका लागि झण्डै ५ हजार जनाले दरखास्त फारम भरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *