चीनको एक रासायनिक प्लान्टमा विष्फोट, कम्तिमा पाँचजनाको मृत्यु

उक्त दुर्घटनामा छजना बेपत्ता भएको बताइएको छ। सामाजिक सञ्जालमा भाइरल भएको फुटेजमा घटनास्थलबाट कालो धूवाँ निस्किरहेको देखिन्छ।

चीनको पूर्वी शानडोङ प्रान्तमा रहेको एक रासायनिक प्लान्टमा विष्फोट हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा १९ जना घाइते भएका छन्।

मंगलबार राती भएको उक्त दुर्घटनामा छजना बेपत्ता भएको बताइएको छ। सामाजिक सञ्जालमा भाइरल भएको फुटेजमा घटनास्थलबाट कालो धूवाँ निस्किरहेको देखिन्छ।

स्थानीय प्रशासनका अनुसार शानडोङ युदाओ केमिकल कारखानामा राहत र उद्धार कार्यका लागि २०० भन्दा बढी आपतकालीन उद्धारकर्मीहरू खटाइएको थियो। यहाँ कीटनाशक र औषधि उत्पादन हुँदै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *