पूर्वराज्यमन्त्री गणेशबहादुर खड्काको निधन

उनी २०५२ मंसिरमा भौतिक योजना, निर्माण एवं यातायात सहायक मन्त्री र २०६४ स्थानीय विकास राज्यमन्त्री बनेका थिए ।

१५ जेठ, काठमाडौं । पूर्वराज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गणेशबहादुर खड्काको निधन भएको छ । ८२ वर्षीय खड्काको दैलेखको नारायण नगरपालिका-७ स्थित आफ्नै निवासमा आज बिहान ६ बजे निधन भएको हो ।

कांग्रेस दैलेखका पूर्वसभापति समेत रहेका खड्का केही वर्षदेखि कन्यासर रोगबाट पीडित थिए । वि.सं. १९९९ साउन १९ गते जन्मिएका खड्का २०३४ देखि २०३७ सम्म, २०३९ देखि २०४८ सम्म र २०५७ देखि २०६७ सम्म दैलेखको जिल्ला सभापति थिए ।

खड्का वि.सं. २०४८ र २०५१ को आम निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदमा र २०६४ मा संविधान सभा सदस्य पदमा दैलेख निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए ।

उनी २०५२ मंसिरमा भौतिक योजना, निर्माण एवं यातायात सहायक मन्त्री र २०६४ स्थानीय विकास राज्यमन्त्री बनेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *