ब्रेक फेल भएर ट्याक्टर दुर्घटना, एक जना घाइते
ट्याक्टर चालक कालीकोट रास्कोट नगरपालिका-९ का गणेश लुहारको बाँया आँखाको माथि परेलाको भाग र ओठमा चोट लागेको छ ।
कालिकोट : कालीकोट खाँडाचक्र नगरपालिका-४ मौलाकाटिया ट्याक्टर दुर्घटना भएको छ। जुम्ला सुर्खेत सडकखण्डमा सुर्खेतबाट इट्टा लिएर जुम्लातर्फ जाँदै गरेको क प्र ०२००१ त ००१२ नं. को ट्रयाक्टरको ब्रेक फेल भएको सडकको भित्तामा ठोक्किएको हो ।
ट्याक्टर चालक कालीकोट रास्कोट नगरपालिका-९ का गणेश लुहारको बाँया आँखाको माथि परेलाको भाग र ओठमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।
घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल मान्म कालीकोटमा पठाइएको प्रहरी निरीक्षक गोविन्द चौधरीले बताए ।