चक्रपथमा चक्काजाम
आन्दोलनको पहिलो चरण अन्तर्गत चक्रपथ सडकखण्डमा सवारीसाधन सडकमै राखेर विरोध प्रदर्शन गरे ।
१७ जेठ, काठमाडौं । यातायात व्यवसायीहरूले आज (शनिबार) बाट चरणबद्ध रुपमा आन्दोलन सुरु गरेका छन् ।
आन्दोलनको पहिलो चरण अन्तर्गत चक्रपथ सडकखण्डमा सवारीसाधन सडकमै राखेर विरोध प्रदर्शन गरे ।
व्यवसायीहरूले सवारी साधन सडकमै तेर्स्याएर एक घण्टासम्म चक्काजाम गरेका थिए ।
उनीहरूले आगामी १९ गतेसम्म माग पूरा गर्न सरकारलाइए चेतावनी समेत दिएका छन् । व्यवसायीहरूले सडकमै गाडी राखेर चक्काजाम गरेपछि यात्रुहरू समस्यामा परेका थिए ।