स्टिल र आल्मुनियममा ५० प्रतिशत कर वृद्धि गर्ने ट्रम्पको संकेत

उनले सवारी साधन (अटोमोबाइल्स) जस्ता वस्तुहरूलाई असर गर्ने क्षेत्र–विशिष्ट करहरू पनि जारी गरेका छन्।

वासिङटन (एजेन्सी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा आगामी सातादेखि ५० प्रतिशतसम्म कर वृद्धि गर्ने घोषणा गरेका छन्।

पेन्सिलभेनियास्थित अमेरिकी स्टिल प्लान्टका कर्मचार तथा श्रमिकलाई सम्बोधन गर्दै उनले भने, ‘हामी यसलाई २५ प्रतिशतबाट ५० प्रतिशत बनाउन गइरहेका छौं।’

गत वर्षको चुनावमा विजय हासिल गर्न सहयोग पुर्‍याएको अमेरिकी राज्य पेन्सिलभेनियामा नीलो रङको पहिरनमा भेला भएका कार्यकर्तासामु उनले भने, ‘कोही पनि यसको वरिपरि पुग्नेवाला छैन।’ त्यसको केही समयपछि राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलको पोस्टमा लेखेका छन्, ‘बुधबार, जुन ४ देखि लागू हुने गरी नयाँ करसहित एल्युमिनियममा पनि उच्च दर लागू हुनेछ।’

गत जनवरीमा राष्ट्रपतिका रूसमा पुनः ह्वाइट हाउसमा फर्केपछि ट्रम्पले विश्व व्यापार व्यवस्थालाई झकझक्याउने र वित्तीय बजारलाई तहसनहस पार्ने गरी आफ्ना सहयोगी र प्रतिद्वन्द्वीमाथि व्यापक कर लगाएका छन्।

उनले सवारी साधन (अटोमोबाइल्स) जस्ता वस्तुहरूलाई असर गर्ने क्षेत्र–विशिष्ट करहरू पनि जारी गरेका छन्। शुक्रबार उनले आफ्नो व्यापार नीतिको बचाउ गर्दै करवृद्धिले अमेरिकी उद्योगको सुरक्षामा सहयोग गरेको तर्क गरेका थिए। उनले भने, ‘आफ्नो पहिलो प्रशासनको समयमा स्टिल र आल्मुनियमजस्ता धातुहरूको आयातमा पनि कर नलगाएको भए यो क्षेत्र अस्तित्वमा हुने थिएन।’

शुक्रबार ट्रम्पले अमेरिकी स्टिल र जापानको निप्पोन स्टिलबीच योजनाबद्ध साझेदारीको चर्चा गरे पनि यसअघि द्विपक्षीय विरोधको सामना गर्नुपरेको सम्झौताका बारेमा केही नयाँ विवरण प्रस्तुत गरेका थिए।

उनले अमेरिकी स्टिल निर्माता कम्पनी र निप्पोन स्टिलबीच हालै घोषणा गरिएको योजनाबद्ध साझेदारीको बावजुद अमेरिकी स्टिललाई अमेरिकाले नियन्त्रण गर्ने बताए। उनले कम्पनीले कुनै पनि कामको लागि बाहिरी जनशक्तिलाई प्रोत्साहन नगर्ने पनि बताए।
शुक्रबार अबेर वासिङटन फर्केपछि राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै आफूले सम्झौतालाई अनुमोदन गर्न बाँकी रहेको बताएका थिए। ‘मैले

निप्पोनसँगको अन्तिम सम्झौतालाई अनुमोदन गर्नुपर्ने छ तर त्यो अन्तिम सम्झौता अहिलेसम्म हात परेको छैन, तर उनीहरूले धेरै ठूलो प्रतिबद्धता जनाएका छन्,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *