विधेयकमाथिको छलफल रोकेर सरकार र शिक्षक महासंघबीच वार्ता

कर्मचारीको टोली र महासंघबीच कुरा मिलेपछि अन्तिम बैठकमा आफू सहभागी हुने मन्त्री पन्तले बताए ।

१९ जेठ, काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथिको छलफल रोकेर सरकार र शिक्षक महासंघबीच वार्ता भइरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले महासंघसँग वार्ता भइरहेको बताए ।

‘मन्त्रालयको टिम र महासंघबीच छलफल चलिरहेको छ । वार्ता सकारात्मक छ । धेरै कुरा मिलेको छ,’ मन्त्री पन्तले भने ।

कर्मचारीको टोली र महासंघबीच कुरा मिलेपछि अन्तिम बैठकमा आफू सहभागी हुने मन्त्री पन्तले बताए ।

सोमबार बिहान पनि महासंघ र मन्त्रालयको टिमबीच छलफल भएको छ । उक्त छलफलमा सहमति जुटेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

‘निकै दिनदेखि छलफल भइरहेको छ । केही कुरामा फरक मत थियो, मिलेको छ । अब हाम्रो कोर्टमा छैन । मन्त्रालयले गर्नुपर्ने मन्त्रालयबाट र संसदले गर्ने काम हो,’ अध्यक्ष सुवेदीले भने ।

अध्यक्ष सुवेदीले विगतमा भएको सहमतिमा भाषा मिलाउने काम भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *