जब वाईसीएल सम्मेलनकै गेटमा पुगे राजावादी

कमलादीस्थित गणेश मन्दिरमा हिमानी ट्रष्टले आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यो जुलुस हिँडेको थियो ।

१९ जेठ, काठमाडौं । काठमाडौंको कमलादीस्थित नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन चलिरहेको छ ।

उक्त सम्मेलनबाट नयाँ नेतृत्वका लागि खुला र बन्दसत्र चलिरहेको छ ।

यहीबीचमा सोमबार साँझ सोही क्षेत्र हुँदै राजावादी समूहको एउटा जुलुस निस्कियो ।

कमलादीस्थित गणेश मन्दिरमा हिमानी ट्रष्टले आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यो जुलुस हिँडेको थियो ।

त्यही बीचमा वाईसीएल नेपालका नेता, कार्यकर्ताहरूबीच केहीबेर तनावपूर्ण अवस्था बन्न पुग्यो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, केहीबेर अवस्था तनावपूर्ण भए पनि अहिले अवस्था सामान्य भइसकेको छ ।

‘वाईसीएल नेपालको सम्मेलन चलिरहेको ठाउँबाट राजावादी समूहको प्रदर्शन गएको रहेछ,’ बोहराले  भने, ‘केहीबेर अवस्था तनावजस्तो बने पनि अहिले सामान्य छ ।’

हिमानी ट्रष्टले २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र मारिएका तत्कालीन राजपरिवारका सदस्यहरूको स्मृतिमा नारायणहिटी दरबारभित्रै दीप प्रज्वलनको कार्यक्रम गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *