यू-१९ एसिया कप : श्रीलंकाविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल
पहिलो पटक यू १९ टिमको प्रशिक्षण बनेका गौचनले राम्रो नतिजा ल्याउने आशा
१४ मंसिर, काठमाडौं । आजदेखि युएईमा सुरु भएको एसीसी यू १९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग खेल्दैछ ।
केहीबेरमा सुरू हुने खेलमा नेपालका कप्तान हेमन्त धामीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
बुधबार राष्ट्रिय टिमबाट खेलिसकेका पेस बलर हेमन्त धामीको कप्तानीमा रहेको नेपाली टोली यूएई पुगेको थियो । नेपालको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् । पहिलो पटक यू १९ टिमको प्रशिक्षण बनेका गौचनले राम्रो नतिजा ल्याउने आशा राखेका छन् ।
नेपाल गतवर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर एसिया कपका लागि छनोट भएको हो ।
नेपाल रहेको समुह बी मा श्रीलंकासँगै बंगलादेश र अफगानिस्तान छन्। समुह ए मा भारत, पाकिस्तान, जापानसँगै आयोजक युएई रहेको छ ।