अग्निविरुद्ध सर्वोच्चको आदेश नराम्रो संकेत भन्दै माओवादी केन्द्रीय कार्यालयको बैठक जारी

सापकोटा विरुद्धको अनुसन्धान अघि नबढाउन निर्देशन दिने तत्कालीन सरकारको निर्णयलाई समेत सर्वोच्चले बदर गरेको थियो ।

२२ जेठ, काठमाडौं । सर्वोच्च अदालतले अग्नि सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन अघि बढाउन आदेश दिएको छ। सो आदेश दिएपछि नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ ।

अहिले बिहान पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको बैठक बसिरहेको छ । बैठकमा सर्वोच्चको आदेशसँगै समसामयिक राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए ।

सापकोटाविरुद्ध परेका उजुरीमा अनुसन्धान अघि बढाउन बुधबार सर्वोच्चको संवैधानिक इजलासले आदेश दिएको थियो । सापकोटा विरुद्धको अनुसन्धान अघि नबढाउन निर्देशन दिने तत्कालीन सरकारको निर्णयलाई समेत सर्वोच्चले बदर गरेको थियो ।

सर्वोच्चको आदेशलाई नेकपा माओवादी केन्द्रका नेताहरुले राम्रो संकेतको रुपमा लिएका छैनन् । सो पार्टीका उपमहासचिव जनार्दन शर्माले द्वन्द्वकालीन मुद्दामा पुनः छानबिन गर्न सर्वोच्चले दिएको आदेशले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन मद्दत नगर्ने टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *