गौरबाट काठमाडौं आउँदैछन् माधव नेपाल

उनी काठमाडौं फर्किएपछि पार्टीको बैठक बसेर आधिकारिक धारणा सार्वजनिक गर्ने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

२२ जेठ, काठमाडौं । भ्रष्टाचार मुद्दा लागेपछि गृहजिल्ला रौतहटमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किँदै छन् ।

उनी बुधबार गृहजिल्ला रौतहट गएका थिए । पार्टी कार्यक्रममा सक्रिय रहेकै बेला भ्रष्टाचारमा मुद्दा दायर भएको थाहा पाएपछि नेपाल आजै काठमाडौं फर्किन लागेका हुन् ।

उनी काठमाडौं फर्किएपछि पार्टीको बैठक बसेर आधिकारिक धारणा सार्वजनिक गर्ने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

‘मैले पनि मुद्दा दायर भएको कुरा समाचारहरूबाट थाहा पाएँ, त्यसपछि उहाँ कहाँ हुनुहुन्छ भनेर खोजी गरेको थिएँ,गौर हुनुहुँदो रहेछ,’ नेता खनालले भने, ‘उहाँ फर्किएपछि पार्टीको बैठक बसेर घटनाबारे प्रतिक्रिया दिन्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *