माधव नेपालका भाञ्जाविरुद्ध पनि मुद्दा

सनराइज बैंकले उक्त जग्गा धितो राखेर कर्जा दिएको थियो । कर्जा समेत चुक्ता भइसकेको बताइएको छ ।

२२ जेठ, काठमाडौं । पतञ्जली जग्गा सट्टा–पट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका भाञ्जाविरुद्ध पनि मुद्दा दायर भएको खुलेको छ । पूर्वप्रधानमन्त्री नेपालका भाञ्जा तथा सनराइज बैंकको तत्कालीन उपप्रबन्धक मनोज न्यौपानेविरुद्ध मुद्दा दायर भएको हो ।

न्यौपाने पूर्वप्रधानमन्त्री नेपालका आफ्नै भान्जा हुन् ।

यो प्रकरणमा मामा भान्जा (माधव नेपाल र मनोज न्यौपाने)सहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सनराइज बैंकले उक्त जग्गा धितो राखेर कर्जा दिएको थियो । कर्जा समेत चुक्ता भइसकेको बताइएको छ । त्यतिबेला कर्जा प्रवाह गर्दा न्यौपाने पनि बैंकको उपप्रबन्धक रहेको भन्दै उनलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *