नयाँ बानेश्वर क्षेत्रमा दिनभर बिजुली झ्याप-झ्याप

हामीले प्राधिकरण र नयाँ बानेश्वर वितरण केन्द्रलाई पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेको छैन ।

२५ जेठ, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा आइतबार दिनभर बिजुली झ्याप झ्याप काटिइरहेको छ ।

बिजुली जाने आउने गर्दा यो क्षेत्रका स्थानीय मर्कामा परेका छन् । कार्यालय समयमै बिजुली झ्याप झ्याप काटिँदा के भएको भन्ने चासो आम सर्वसाधारणलाई परेको छ ।

यद्यपि यसबारे नेपाल विद्युत् प्राधिकरणले केही जानकारी गराएको छैन ।

हामीले प्राधिकरण र नयाँ बानेश्वर वितरण केन्द्रलाई पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेको छैन ।

प्राधिकरणका प्रवक्ता राजन ढकाल पनि सम्पर्कमा आउन चाहेका छैनन् ।

केही समययता राजधानीमा पटकपटक बिजुली जाने गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *