टोखामा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ
गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएका छन् ।
२७ जेठ, काठमाडौं । काठमाडौंको टोखामा गोली चलेको छ ।
टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएका छन् ।
प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो ।