सविना मास्केलाई नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी

सविना मास्केलाई नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी

२१ भदौ, काठमाडौं। सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड ९नेपाल टेलिकम०को निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी सविना मास्केलाई दिएको छ ।

अख्तियारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार अभियोग लागेपछि रिक्त रहेको पदमा मास्केलाई जिम्मेवारी दिएको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए ।

अख्तियारले बिलिङ प्रणालीको भ्रष्टाचार अभियोगमा सबिना मास्केसँग पनि बयान लिएको थियो । उनी त्यतिबेला टेलिकमको प्रमुख प्राविधिक अधिकृतको रुपमा काम गरेकी थिइन् ।

यही मुद्दामा अख्तियारले संगीता पहाडीसहित सुनिल पौडेल, प्रतिभा श्रेष्ठ, अमूल प्रधान, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, बिनिता श्रेष्ठ, राजीव कुमार केसी, मुक्तिप्रसाद अर्याल, सन्तोष कुमार श्रेष्ठ, परमात्मा भट्टराई, शैलेश श्रेष्ठ तथा विदेशी नागरिक लङ यङ, चिनियाँ नागरिक होङ वी र चिनियाँ कम्पनी एसिया इन्फो प्रालि विरूद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुना दायर गरेको थियो । उनीहरूविरूद्ध अख्तियार ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ विगो दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *