दुर्गा प्रसाईंले मिडिया हाउस जलाउनुपर्छ भन्दै पठाएको म्यासेज भेटियो

‘… सरकारलाई अब आगो लगाउनुपर्छ । अब चाहिँ सबै जिल्लाहरुमा यस्तै गर्नुपर्छ । ठाउँ–ठाउँमा आगो लगाउने हो अब । …. मिडिया पनि जलाउनुपर्छ,’ प्रसाईंले पठाएको म्यासेजमा लेखिएको छ ।

१ असार, काठमाडौं । गत १५ चैतमा तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंले मिडिया हाउस सहित विभिन्न ठाउँमा आगो लगाउनुपर्छ भन्दै आफ्ना समर्थकलाई म्यासेज पठाएको पाइएको छ ।

तिनकुनेको हिंसात्मक घटना गराएको आरोपमा पक्राउ परेका व्यक्तिहरुबाट बरामद भएका मोबाइल जाँच गर्ने क्रममा प्रसाईंले ‘आगो लगाउनुपर्छ’ भन्दै म्यासेज पठाएको भेटिएको हो ।

मोबाइल जाँचका लागि ‘डिजिटल फरेन्सिक ल्याब (डीएफएल)’मा पठाइएको थियो । डीएफएल जाँचका क्रममा प्रसाईंले भिडलाई हिंसात्मक बनाउन उक्साउने गरी म्यासेज गरेको भेटिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए ।

‘… सरकारलाई अब आगो लगाउनुपर्छ । अब चाहिँ सबै जिल्लाहरुमा यस्तै गर्नुपर्छ । ठाउँ–ठाउँमा आगो लगाउने हो अब । …. मिडिया पनि जलाउनुपर्छ,’ प्रसाईंले पठाएको म्यासेजमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *