धवल शमशेरलाई ३ लाख धरौटीमा छाड्न आदेश
सोमबार थुनछेक बहसपछि न्यायाधीश शिवप्रसाद खनालले सो आदेश गरेका हुन् ।
२ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवल शमशेर जबरालाई ३ लाख धरौटीमा छाड्न आदेश भएको छ ।
जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवम् सांसद धवल शमशेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश भएको छ । सोमबार थुनछेक बहसपछि न्यायाधीश शिवप्रसाद खनालले सो आदेश गरेका हुन् ।
गत चैत १५ गते काठमाडाैंको तीनकुनेमा भएको हिंसात्मक घटनापछि पक्राउ परेका राणा स्वास्थ्यका कारण हाजिरी जमानीमा छुटेका थिए । उनी आज बयानका लागि उपस्थित भएका थिए ।
राणासँगै पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अदालतमा उपस्थित भएका छैनन् ।