गणेश ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

३ असार, काठमाडौं ।  मन्त्रिपरिषद्ले गणेश बहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

२ वैशाखको राति १२ बजेतिर एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अनिवार्य अवकाशमा गएका थिए ।

सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा गएका थिए । उनकै ठाउँमा ठाडा मगर एआईजी बढुवा भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *