बाढीले बस बगायो, यात्रु सकुशल
विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको उनको भनाई छ।
नवलपुर : नारायणघाट–बुटवलखण्डको विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ । काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए ।
विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको उनको भनाई छ।
उनले एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गरिएको बताए। बसमा तीन शिशुसहित ३८ जना यात्रु रहेका थिए । पानी निरन्तर परिरहेका कारण खोलाबाट बस निकाल्न नसकिएको उनक भनाई छ । रातभरी परेको पानीका कारण उक्त सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ ।