अमरेशको अभिव्यक्तिमा एमालेको आपत्ति, संसद्‍मा लफडा

स्वतन्त्र सांसद अमेरश कुमार सिंहले नेपाललाई लिजमा अर्को देशलाई दिउँ भनेपछि संसदमा लफडा भएको छ।

८ असार, काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहको अभिव्यक्तिमा नेकपा एमालेले आपत्ति जनाएको छ ।

स्वतन्त्र सांसद अमेरश कुमार सिंहले नेपाललाई लिजमा अर्को देशलाई दिउँ भनेपछि संसदमा लफडा भएको छ। आइतबार  प्रतिनिधिसभा बैठकमा विनियोजन शीर्षकको छलफलमा बोल्ने क्रममा सांसद सिंहले बजेट नपरेका जिल्लाहरूलाई लिजमा दिउँ भनेपछि नेकपा एमाले सांसदहरूले आपत्ती जनाए ।

सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले सचेतक महेश बर्तौलाले आपत्ति जनाए। ‘ यस्ता राष्ट्रघाति अभिव्यक्तिलाई हामी सुनेर बस्न सक्दैनौ। कारवाही होस्। रुलिङबाट हटाइयोस्,’उनले भने।

त्यसपछि सत्ता पक्षका अन्य सांसदहरू पनि सिटबाट उठेर विरोध जनाए।  त्यसपछि सभामुख देवराज घिमिरेले सिंहले बोलेका कुरा राष्ट्रहित विपरीत रहेको भन्दै उक्त शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिए। सभामुखले भने,  ‘ माननीय सांसदले अरू मुलुकको नाम लिएर नेपालको भूमि दिए हुन्छ भनी बोलेको कुरा बोल्नु भएको छ। यसैले उहाँले संसदमा असंसदीय भाषा प्रयोग गर्नु भएको छ। यसलाई रेकर्डबाट हटाउन मैले  आदेश दिन्छु।’

सांसद सिंहले बजेट पनि नजाने बोल्न पनि नपाउने भन्दै आक्रोश व्यक्त गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *