५ निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु

सम्बन्धित आयोजना कार्यान्वयन इकाइ कार्यालय तथा स्थानीय पालिकाको सिफारिसमा अनुगमन कार्यालयले प्रक्रिया सुरु गरेको हो ।

९ असार, काठमाडौं । पाँच निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरिएको छ ।

तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।

सम्बन्धित आयोजना कार्यान्वयन इकाइ कार्यालय तथा स्थानीय पालिकाको सिफारिसमा अनुगमन कार्यालयले प्रक्रिया सुरु गरेको हो ।

पहिलो पटक ३० दिनभित्र स्पष्टीकरण दिन पत्र पठाए पनि सम्पर्कमा नआएपछि कार्यालयले पुन: ७ दिने स्पष्टीकरण माग गरेको छ । यो म्यादमा उचित स्पष्टीकरणसहित उपस्थित नभएको खण्डमा यी कम्पनीहरू कालो सूचीमा पर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *