रास्वपाको नाराबाजीबीच संसद बैठक जारी
उनले भिजिट भिसा प्रकरणमा अनुसन्धान नगरी सरकार मौन रहेको बताए। सरकारले आफ्ना मागहरूलाई सम्बोधन गर्नुको सट्टा दबाउन खोजेको आरोप लगाए।
९ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आज पनि नाराबाजी गरेका छन् । तर सभामुख देवराज घिमिरेले बैठक नियमित सन्चालन गरेका छन् ।
आज बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ। बैठक सुरू हुनेवित्तिकै रास्वपा र राप्रपाले उठेर विरोध जनाएका हुन्। बैठक सुरू हुनेवित्तिकै दुई दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्नका लागि समय दिएका छन्।
उनले भिजिट भिसा प्रकरणमा अनुसन्धान नगरी सरकार मौन रहेको बताए। सरकारले आफ्ना मागहरूलाई सम्बोधन गर्नुको सट्टा दबाउन खोजेको आरोप लगाए।
आफ्ना माग पूरा नभएसम्म सदनको अवरोध कायमै राख्ने भन्दै रास्वपा विनियोजन विधेयकमाथिको छलफलमा भाग नलिने उनले बताए। उनले बोलेसँगै रास्वपा र राप्रपा संसदबाट बाहिरिएको छ।