अख्तियारको तर्फबाट बहस सकियो, माधवका वकिलले थाले

विशेष अदालत, काठमाडौंमा जारी थुनछेक बहसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट बहस सकिएको छ ।

११ असार, काठमाडौं । पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोप लागेका पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको थुनछेक बहस जारी छ ।

विशेष अदालत, काठमाडौंमा जारी थुनछेक बहसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट बहस सकिएको छ ।

अहिले अध्यक्ष नेपालका तर्फबाट वकिलहरूले बहस सुरु गरेका छन् । सुरुमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *