माधव नेपालको मुद्दामा सुशील पन्तले बहस गरेपछि शम्भु थापाको आपत्ति
नेपालका तर्फबाट थुनछेक बहसमा सहभागी भएका वरिष्ठ अधिवक्ता शम्भु थापाले अख्तियारको तर्फबाट बहस पैरवीमा पन्त विशेष अदालतमा उपस्थित भएकोमा आपत्ति जनाएका हुन् ।
११ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका तर्फबाट बहसमा उत्रिएका कानुन व्यवसायीले अख्तियारको तर्फबाट बहस पैरवी गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तमाथि प्रश्न उठाएका छन् ।
नेपालका तर्फबाट थुनछेक बहसमा सहभागी भएका वरिष्ठ अधिवक्ता शम्भु थापाले अख्तियारको तर्फबाट बहस पैरवीमा पन्त विशेष अदालतमा उपस्थित भएकोमा आपत्ति जनाएका हुन् ।
मुद्दाको आरोपपत्रमा सरकारी वकिलहरूले बहस पैरवी गर्ने भन्ने उल्लेख भए पनि त्यस विपरीत भएको भन्दै उनले प्रश्न गरे ।
तर, त्यस विपरीत सरकारी वकिलको साटो स्वतन्त्र कानुन व्यवसायी पन्त बहस पैरवीमा उपस्थित भएको भन्दै उनले प्रश्न उठाए ।
मुद्दालाई अनावश्यक लम्ब्याउन खोजिएको भन्दै उनले प्रश्न उठाएका हुन् ।
उनले भने, ‘आरोपपत्रमै अरु कानुन व्यवसायीले बहस पैरवी गर्ने भनेको भए हुन्थ्यो । नत्र, सरकारी वकिलले बहस गर्ने भनेर अरु कानुन व्यवसायी उपस्थित गराउनु चाहिँ आपत्तिजनक भयो ।’