मुगुमा भूकम्पको धक्का
४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
१५ असार, काठमाडौं । मुगुको जिमा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।