अमेरिकामा गोली हानी दुई जनाको हत्या

एफबीआईका उपनिर्देशक डान बोन्जिनोले एजेन्टहरूले घटनास्थलमा रणनीतिक र सञ्चालन सहयोग प्रदान गरिरहेको बताए।

काठमाडौं : अमेरिकाको इडाहोमा लागेको डढेलो निभाउन खोजेका दुई जनाको गोली हानी हत्या गरिएको छ।

स्थानीय शेरिफ रोबर्ट नोरिसले कोउर डीएलेन शहरमा कम्तिमा एक जना व्यक्तिले राइफलले प्रहरीमाथि गोली चलाएको बताए।

शेरिफले भने,‘त्यहाँ एक, दुई, तीन वा चार सुटर थिए भन्ने हामीलाई थाहा छैन।’ अधिकारीहरूले धेरै दिशाबाट गोली चलेको बताए। मानिसहरूलाई त्यस क्षेत्रबाट टाढा रहन भनिएको छ।

एफबीआईका उपनिर्देशक डान बोन्जिनोले एजेन्टहरूले घटनास्थलमा रणनीतिक र सञ्चालन सहयोग प्रदान गरिरहेको बताए।

इडाहोका गभर्नर ब्राड लिटिलले ट्विटरमा लेखे,‘धेरै साहसी अग्नि नियन्त्रकमाथि आक्रमण भएको छ।’

गभर्नर ब्राड लिटिलले यो आफ्ना बहादुर मानिसमाथि प्रत्यक्ष र घृणित आक्रमण भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *