गगने खोलामा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध
उनले भने,‘अविरल वर्षापछि आएको पहिरोका कारण गगने खोलामा रातिदेखिको लगातार वर्षासँगै ठुला ढुंगासहितको पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।’
कालीकोट : कर्णाली राजमार्गको कालीकोट सडकखण्ड अन्तर्गत गगने खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। शुभकालीका गाउँपालिका–१ दहिखोला नजिक रहेको गगने खोलामा माथिबाट पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बिरबहादुर सुनारले बताए।
उनले भने,‘अविरल वर्षापछि आएको पहिरोका कारण गगने खोलामा रातिदेखिको लगातार वर्षासँगै ठुला ढुंगासहितको पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।’ यस्तै सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेका छन्।
सडक अवरुद्ध हुँदा जुम्लादेखि सुर्खेत तथा नेपालगन्जतर्फ जाने मालवाहक र यात्रुवाहक सवारी साधन रोकिएका छन्।