नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने निर्णय

नाउपाबाट अहिले संघीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन् ।

२१ असार, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने भएको छ ।

शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।

‘आज हामी संसदीय दलको बैठक बसेका थियौं,’ श्रेष्ठले भनिन्, ‘हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं ।’

नाउपाबाट अहिले संघीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन् ।

उनले पनि भोलि नै प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने श्रेष्ठले बताइन् ।

‘उहाँले पनि भोलि राजीनामा बुझाउनुहुन्छ,’ उनले भनिन्, ‘हामी सदनलाई पनि भोलि नै जानकारी गराउँछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *