मोरङमा गोली हानेर लागुऔषध कारोबारी पक्राउ
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो ।
२२ असार, काठमाडौं । मोरङको रंगेलीमा प्रहरीले २ राउन्ड हवाइ फायर गरेको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो ।
सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् ।
२२ असार, काठमाडौं । मोरङको रंगेलीमा प्रहरीले २ राउन्ड हवाइ फायर गरेको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो ।
सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, सोही ठेगाना भएका ३८ वर्षीय सुशिल बुढाथोकी र अर्की एक भारतीय महिला रहेका छन् ।
भारतीय महिलाको भने पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।