पूर्वराजा ज्ञानेन्द्र शाहको आज ७९ औं जन्मदिन
शुभेक्षुकहरूका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास खुल्ला रहने जनाएको छ।
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह आज ७९ औं जन्मदिन मनाउँदैछन्। जन्मदिनका अवसरमा शाहलाई राजतन्त्र समर्थकदेखि सर्वसाधारणले बधाई तथा शुभकामना दिएका छन्।
शाहको जन्म वि.स. २००४ असार २३ गते नारायणहिटी राजदरबारमा भएको थियो। जन्मदिनको अवसरमा शुभकामना दिन निर्मल निवासमा अहिले शुभेच्छुकहरूको ओइरो लागेको छ।
सचिवालयका अनुसार, जन्मोत्सवको दिन असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला रहनेछ।