संसद्‌मा आज पनि रास्वपाको अवरोध

सरकारले उक्त प्रकरणमा बनाएको छानबिन समितिलाई रास्वपाले स्वीकार गरेको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठनको माग गर्दै आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद् अवरोध गर्दै आइरहेको छ ।

यसैबीच आज पनि रास्वपा सांसदहरू रोस्ट्रम अघि उभिएर अवरोध गरिरहेका छन् । सरकारले उक्त प्रकरणमा बनाएको छानबिन समितिलाई रास्वपाले स्वीकार गरेको छैन ।

बैठक सुरु भएपछि रास्वपाका सांसदहरू उभिएर विरोध जनाए । पार्टीका उपसभापति डोलप्रसाद अर्यालले भिजिट भिसा प्रकरणबारे छानबिन गर्नुपर्ने माग यथावत रहेको बताएका छन्।

उनका अनुसार माग सम्बोधन नभएसम्म रास्वपा संसद्को नियमित कारबाहीमा सहभागी नहुने अडानमा कायम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *