बाढीले रसुवामा क्षति पुर्याउँदा रसुवाका सीडीओ र डीएसपी भने काठमाडौंमा
गृह मन्त्रालयले आयोजना गरेको बागमती प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि उनीहरु काठमाडौं आएका थिए ।
२४ असार, काठमाडौं । चीनतर्फ आएको बाढीले रसुवामा क्षति पुर्याएका बेला प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र नेपाल प्रहरीका प्रमुख डीएसपी हेम शाही भने काठमाडौंमा रहेको पाइएको छ ।
गृह मन्त्रालयले आयोजना गरेको बागमती प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि उनीहरु काठमाडौं आएका थिए । गृह स्रोतका अनुसार, राति बाढीको खबर आएलगत्तै प्रमुख जिल्ला अधिकारी र डीएसपीलाई जिल्लातर्फ जान सहजीकरण गरिएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुलाई रसुवा पठाइएको एक अधिकारीले बताए । तर, बिहान उडेको हेलिकप्टर रसुवामा अवतरण गर्न नसकेर नुवाकोटमा अवतरण गरेको छ ।