रसुवागढी भन्सारमा १ सयभन्दा बढी मालवस्तु बोकेका गाडी बगेको प्रारम्भिक अनुमान
‘ठ्याक्कै कति गाडी थिए र क्षतिको विवरणबारे पछि नै खुल्छ, प्रारम्भिक अनुमान अनुसार १ सय भन्दा बढी गाडी बगेको अनुमान गरिएको छ,’ उनले भने ।
२४ असार, काठमाडौं । रसुवागढी भन्सार र टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा १ सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान छ।
नेपाल इन्टरमोडलर विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार यसरी बगेकामध्ये अधिकांश मालवस्तु बोकेका सवारी साधन छन् ।
‘ठ्याक्कै कति गाडी थिए र क्षतिको विवरणबारे पछि नै खुल्छ, प्रारम्भिक अनुमान अनुसार १ सय भन्दा बढी गाडी बगेको अनुमान गरिएको छ,’ उनले भने ।
यार्डमा २३० वटा सवारी साधन पार्किङ गरेर राखिएको थियो । केही गाडीहरु राति नै माथि सारिएको समेत जानकारी आएको उनले बताए । ‘अहिले घटनास्थलमा क्षतिको विवरण संकलन भइरहेको छ, त्यसपछि मात्र स्पष्ट हुनेछ,’ उनले भने ।