आँपसँगै लागुऔषध खरिदबिक्री !

उनको साथबाट एक हजार पाँच सय थान नोफिन,एक हजार पाँच सय थान फेनारगन र एक हजार पाँच सय थान डाइजोपाम लागुऔषध बरामद भएको छ ।

कलैया : प्रहरीले बाराको कलैयाबाट प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका ७ का २० वर्षीय सेराज अंसारीलाई पक्राउ गरेको हो ।

कलैया उपमहानगरपालिका ५ भरत चोकस्थित मटिअर्वा जाने सडक छेउमा आँपको क्रेटसँगै बसिरहेका अंसारीलाई प्रहरीले नियन्त्रणममा लिई जाँच गरेको थियो । जाँचका क्रममा दुईवटा क्रेटमध्ये एउटा क्रेटमा लागुऔषध बरामद भएको प्रहरीको भनाइ छ ।

उनको साथबाट एक हजार पाँच सय थान नोफिन,एक हजार पाँच सय थान फेनारगन र एक हजार पाँच सय थान डाइजोपाम लागुऔषध बरामद भएको छ । पक्राउ परेका अंसारीलाई लागुऔषध मुद्दामा कारवाही प्रक्रिया अघि बढाइएको बाराका प्रहरी प्रवक्त विजयराज पण्डितले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *