रसुवा बाढीमा फसेका ५० जनाको उद्धार

उद्धार गरिएकामा ४ महिला र ४६ जना पुरुष रहेका छन् ।

२४ असार, काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५० जनाको उद्धार गरिएको छ ।

नेपाल  प्रहरी,  सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो १२:५० बजेसम्म ५० जनाको उद्धार गरिएको जनाएको छ ।

उद्धार गरिएकामा ४ महिला र ४६ जना पुरुष रहेका छन् । उनीहरूलाई झोलुङ्‍गे पुलबाट हिँडाएर उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार हुनेमा १ जना चिनियाँ नागरिक समेत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *