रसुवा बाढी : ५५ जनाको उद्धार, १८ जना बेपत्ता

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो ३:३०० बजेसम्म ५५ जनाको उद्धार गरिएको जनाएको छ ।

२४ असार, काठमाडौं। चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५५ जनाको उद्धार गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो ३:३०० बजेसम्म ५५ जनाको उद्धार गरिएको जनाएको छ ।

उद्धार गरिएकामा ४ महिला र ५१ जना पुरुष रहेका छन् । उनीहरूलाई झोलुङ्‍गे पुलबाट हिँडाएर उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार हुनेमा १ जना चिनियाँ नागरिक समेत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *