उद्योगीको मिलेमतो, २० प्रतिशतले बढाए सिमेन्टको भाउ
सरदर प्रतिबोरा ५ सय रुपैयाँ रहेकोमा अहिले ६ सय रुपैयाँ पुगेको बताए ।
१६ मंसिर, काठमाडौं । निर्माण व्यवसायीहरूले सिमेन्ट उद्योगीहरूले मिलेमतोमा सिमेन्टको मूल्य बढाएको बताएका छन् । सिमेन्टको भाउ प्रतिबोरा १ सय रुपैयाँले बढाएको एक उद्योगीले जानकारी दिए ।
नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले यसअघि सिमेन्टको भाउ सरदर प्रतिबोरा ५ सय रुपैयाँ रहेकोमा अहिले ६ सय रुपैयाँ पुगेको बताए ।
सिमेन्ट उत्पादक संघको पहलमा उद्योगीहरूले सिमेन्टको भाउ बढाएका हुन् । यसरी धेरै मिलेमतोमा उत्पादकले कुनै वस्तुको मूल्य तय गर्ने कार्यलाई कार्टेलिङ भन्ने गरिन्छ ।
नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले खासगरी क्लिंकर उत्पादक ठूला उद्योगहरूको पहलमा सबै उद्योगहरूले भाउ बढाएको बताए ।
चिनियाँ लगानीका ठूला उद्योगहरू होङ्सी र हुवासिन सिमेन्ट त्यसमा तयार नभएपछि उनीहरूको भाउ बढाउने प्रयास विगत एक वर्षदेखि सफल हुन नसकेको उद्योगीहरूले बताए । तर, यसपटक होङ्सी र हुवासिन सिमेन्ट पनि भाउ बढाउन तयार भएपछि सिमेन्टको भाउ बढेको हो ।
तर, सिमेन्ट उद्योगीहरूले कार्टेलिङ गरेको आरोप भने उनले अस्वीकार गरे ।